नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्ध खेल्दै
काठमाडौं। नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्ध पहिलाे खेल खेल्दैछ। आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङ बिरूद्ध पहिलाे खेल खेल्न लागेकाे हाे।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सिधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ। नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन्। दाेस्राे खेल भाेली बहराइनसँग खेल्नेछ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ९उपकप्तान०, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment