स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

डिसी नेपाल
२८ वैशाख २०८२ १५:२१
76
Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *