हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

डिसी नेपाल
२८ वैशाख २०८२ १७:३८
136
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गरेका हुन्।

उनले तथ्य र तथ्याङ्क प्रस्तुत गर्दै सोही आधारमा देशको भौगोलिक स्थिति, शिक्षक-विद्यार्थीको अनुपातलाई दृष्टिगत गरेर हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका सामुदायिक विद्यालय गाभ्नुपर्ने बताए।

सांसद् पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाइसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको बताए।

उनले १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको संख्या १५ हजार ९६५ रहेको, १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ९ हजार ७०४ रहेको, ५०१ देखि १ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १ हजार ६३६ रहेको जानकारी दिए।

उनले १ हजार १ देखि १ हजार ५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ४५९ रहेको, १ हजार ५०१ देखि २ हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १३६ रहेको र २ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १०० रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.