बदलिँदो आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर संविधान संशोधन गरौं : पूर्ण बस्नेत

डिसी नेपाल
२८ वैशाख २०८२ १८:५९
64
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बदलिँदो सामाजिक, आर्थिक र राजनीतिक सन्दर्भलाई समेटेर जनअपेक्षाअनुसार समयानुकूल बनाउन देशको संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधार, समावेशीकरण र पहिचानको मुद्दालाई सम्बोधन तथा संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बस्नेतले बताए।

संविधानले समयानुसार जनताको आकांक्षालाई समेट्न नसक्ने हो भने लोकतन्त्र नै खतरामा पर्न सक्ने भन्दै संविधान संशोधनको मुख्य अभिप्राय लोकतन्त्रको रक्षा रहेको उनको भनाइ छ।

बस्नेतले भने, ‘मुलुकको अर्को ठूलो समस्या भ्र्रष्टाचार हो। मुलुकमा व्याप्त आर्थिक अनियमितता र अपारदर्शितालाई रोक्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न संविधान संशोधन गरी शक्तिशाली जनलोकपाल आयोग गठन गर्नुपर्नेमा उनको जोड रहेको छ।’

त्यस्तै बस्नेतले मुलुकमा अपनाइएको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न सहयोग पुर्याएको भन्दै संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृति मुलुकमा समावेशीकरण र पहिचानको विषयलाई व्यवस्थित र व्यवहारिक बनाउन तथा संघीय संरचनालाई अझ प्रभावकारी बनाउन पनि संविधान संशोधन/पुनर्लेखन गर्नुपर्ने उनको माग छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *