राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
दमौली (तनहुँ)। राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।
त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए।
राष्ट्रपति पौडेलको पुर्ख्यौली थलो रिस्ती हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment