‘जनताको करबाट मैले पारिश्रमिक लिन उपयुक्त छैन’ भन्दै सांसद गुरुङले राजीनामा दिइन्

डिसी नेपाल
३० वैशाख २०८२ ११:५०
15.7k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । सभामुखलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा उनले ‘जनताको करबाट मैले पारिश्रमिक लिनु उपयुक्त छैन’ लेखेकी छिन् ।

उनले राजीनामा पत्रमा जनताका आशाका किरणहरु लुप्त भइरहेको आफूलाई आभास भएको उल्लेख गरेकी छिन् । उनले आफूले जनताको पिरमर्का राम्ररी बुझेको उल्लेख गर्दै आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । संसद सचिवालयको रेकर्डमा रहेको उनको मोवाइलमा फोन गर्दा स्विच अफ भएको सन्देश सुनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.