काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता

डिसी नेपाल
३० वैशाख २०८२ १२:३२
192
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई–मधेश द्रूत मार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाउन माग गरेकी छन्।

उनले भनिन्, ‘राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं तराइ–मधेश द्रूत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन। प्रस्थान विन्दुको टुङ्गो लागेको छैन्। वर्षौदेखि स्थानीय नागरिक र निर्माण पक्ष नेपाली सेना पटक पटक विवाद हुने गरेको अवस्था छ। सरकार र सदन दुवैसँग अनुरोध गर्न चाहन्छु, राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली नेपालीबीच झडप हुने अवस्था बन्दै गएको छ। त्यहाँका नागरिकसँग समन्वय गरेर परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाइयोस्।’

यस्तै, उनले संसदको सचिवालयमा यही बैशाख १९ गते ध्यानाकर्षण प्रस्ताव दर्ता गरे पनि ११ दिन पुग्दापनि उक्त विषयले संसदमा प्रवेश नपाएको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *