चण्डेश्वरी जात्राको रौनक (तस्बिरहरू)
काभ्रे । काभ्रेको बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा उल्लासका साथ मनाइँदै छ।
बनेपा साता गाउँमा हरेक वर्ष चण्डी पूणिर्मादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ। जात्राको पहिलो दिन विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ।
दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवीसहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ।
खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिन्छ।
मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ।
पूणिर्माकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्याउने प्रचलन छ।
खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ।
कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ। चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको छ।
सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई वनेपाका बासिन्दाले दशैं तिहारभन्दा ठूलो पर्वको रुपमा लिने गरेका छन्।
तस्बिर : नेपाल न्यूज बैंक

No ads found for this position

डिसी नेपाल
Facebook Comment