अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैनः प्रधानमन्त्री ओली

डिसी नेपाल
३० वैशाख २०८२ १७:१८
216
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियो निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएको भन्दै अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्न नदिने बताएका हुन्।

उनले आफू तीन वर्षको अन्तरालपछि फेरी प्रधानमन्त्री बन्दा तीनवर्षअघि आफूले छाडेकै अवस्थामा विकासका काम रहेको जिकिर गरे। सो अवधिमा विकासका कुनै काम हुन नसकेपनि राज्यको ढुकुटी भने सक्काइएको उनले बताए। प्रधानमन्त्री ओलीले अहिले राज्यको ढुकुटीमा पैसा नभएपनि थालेका कामलाई पुरा गर्ने उल्लेख गरे। उनले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए।

प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीले सुरु गरेर रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालालाई समेत पुरा गर्ने प्रतिबद्धता जनाए। बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *