‘धुर्मुस-सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

डिसी नेपाल
३० वैशाख २०८२ १७:३६
208
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन्।

मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःख पाएको बताए।

उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँ नथाल भन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दुःखकष्ट पनि हट्छ एकदिन। मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो। यति ठूलो काम आँट्या एक दुईवटा केही साना काममा साथी भाई धेरै नै हौसिन्छन्। हामी छौ भन्छन्। चन्दा उठाएर नै बनाइन्छ भन्छन्। तर, सहयोग नगर्न सक्छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *