लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि बस्दै

डिसी नेपाल
३१ वैशाख २०८२ ६:४५
36
Shares

दाङ। लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ। जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *