सर्वोच्चले सरकारलाई सोध्यो- रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण सोधेको छ।
न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो।
मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी थिइन्।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment