सिम्रौनगढका मेयर सवार हुने गाडी दुर्घटनामा
रौतहट । बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढतर्फ जाँदै गरेको बा२झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोकदेखि २०० मिटर उत्तरतर्फ बाटोमा दुर्घटना भएको हो। आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गाडी पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
गाडी र चालक जिल्ला बारा सिम्रौनगढ-१ बैरियाका वर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको गाडी र चालक नियन्त्रणमा लिएको छ। उक्त गाडी दुर्घटना हुँदा मेयर किशोरी प्रसाद कलवार नरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment