राति ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकको स्थान र समय फेरियो

डिसी नेपाल
३१ वैशाख २०८२ १६:३०
5.8k
Shares

काठमाडौं । बुधबार बोलाइएको मन्त्रिपरिषद बैठकको समय र स्थान फेरिएको छ। आज राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक साँझ ६ बजे सिंहदबारमा बस्ने गरी समय परिवर्तन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा. विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ।

कांग्रेस-एमालेबिच गभर्नर कसलाई बनाउने भन्ने विषय पछिल्लो समय जटिल बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *