राजपाभित्रको विवाद उत्कर्षमा

डिसी नेपाल
१२ भदौ २०७६ ११:१३

काठमाडौं। राजीतिक समितिको बैठक बोलाउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। चक्रीय प्रणाली अपनाएको राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्यसँग विना परामर्श राजनीतिक समितिको बैठक बोलाएपछि विवाद उत्पन्न भएको हो।

संयोजक यादव र अध्यक्ष मण्डलका सदस्य अनिल झा बाहेक अन्य सदस्य राजनीतिक तत्काल राजनीतिक समितिको बैठक बोलाउन नहुने पक्षमा छन्। तर संयोजक यादव भने पार्टीलाई गतिशिल बनाउन र कार्यकर्तालाई क्रियाशिल बनाउन राजनीति समितिको बैठक बोलाएको बताउँछन्।

‘यो विवाद गर्नु पर्ने विषय नै होइन,’ संयोजक यादवले डिसी नेपालसँग भने, ‘कसैको फरक मत वा विचार भए राजनीतिक समितिकै बैठकमा राख्नुपर्ने हो। यसरी मिडियामार्फत विवाद गर्नुको औचित्य छैन।’

राजनीतिक समितिको बैठक अध्यक्ष मण्डलको सहमतिमा बोलाउनुपर्ने भन्दै अर्को पक्षले भने राजनीतिक समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। ‘अध्यक्ष मण्डलका सदस्यसँगको सहमतिमा मात्रै राजनीतिक समितिको बैठक बोलाउन मिल्छ। तर संयोजकले आफू खुशी बैठक बोलाउनु भएको छ। यो बैठकको औचित्य छैन,’ राजपा महासचिव केशव झाले डिसी नेपालसँग भने।

पार्टीलाई गतिशिल बनाउन, संविधान संशोधन लगायतका राष्ट्रिय र समसामयिक विषयमा पार्टीको औपचारिक धारणा बनाउन राजनीतिक समितिको बैठक बोलाइएको हाे।

यतिबेला समाजवादी र राजपाबीच एकीकरणको प्रयास भइरहेको छ। असन्तुष्ट पक्षले संयोजक राजकिशोर यादवले समाजवादी पार्टीसँग एकता गर्न नचाहेका कारण राजनीतिक समितिको बैठक बोलाएको आरोप लगाएको छ।

असन्तुष्ट पक्षले समाजवादी पार्टीसँग एकता गरेपछि मात्रै एकता महाधिवेशन गर्नुपर्ने पक्षमा छ। त्यसैलाई रोक्न यादवले राजनीति समितिको बैठक बोलाएको असन्तुष्ट पक्षको आरोप छ।

तर यो आरोपमा संयोजक यादव सहमत छैनन्। ‘समाजवादी पार्टीसँग एकता गर्न पार्टीले जिम्मेवार नेतालाई जिम्मेवारी दिएको छ। उहाँहरुले आफ्नो काम गरिरहनु भएको छ। म एकताको विरोधी होइन,’ संयोजक यादवले भने।

उनले पार्टीलाई गतिशिल बनाउन, संविधान संशोधन लगायतका राष्ट्रिय र समसामयिक विषयमा पार्टीको औपचारिक धारणा बनाउन राजनीतिक समितिको बैठक बोलाइएको बताए। राजनीतिक समितिमा भएका नेताहरुले बैठक बोलाउन आफूलाई दवाब दिएपछि आफूले बैठक बोलाएको उनले भनाइ छ।

उनले आफू सबै नेताहरुसँग सम्पर्कमा रहेको र सहमतिबाटै निकास खोज्ने बताए। पार्टीभित्रको विषय मिडियामार्फत सार्वजनिक भएको भन्दै आफ्ना भनाइ राजनीतिक समितिको बैठकमा राख्नुपर्ने उनको भनाइ छ। उनले राजनीतिक समितिको बैठकलाई एकता प्रक्रियासँग जोड्न नहुनेमा जोड दिए।

‘एकता प्रक्रिया आफैंमा गम्भीर विषय हो। राजनीतिक समितिको बेठकलाई एकता प्रक्रियासँग जोड्नु हुँदैन,’ उनले भने, ‘एकताका लागि जिम्मेवार नेतालाई जिम्मेवारी दिइएको छ। एकता प्रक्रियालाई लिएर शंका नगर्न आग्रह गर्छु।’

राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ।

आफू युवा भएकाले आफ्नो काम गर्ने शैली फरक भएको उल्लेख गर्दै उनले पार्टीलाई गतिशिल र चलायमान बनाउन राजनीतिक समितिको बैठक बोलाएको बताए। उनले सहमतिकै आधारमा केन्द्रीय समितिको बैठक पनि बोलाउने उल्लेख गरे।

राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ।

समन्वयकारी भूमिकामा रहनु पर्ने संयोजकले गुटबन्दी गर्ने प्रयोजनले बैठक बोलाएको भन्दै राजपाभित्र असन्तुष्टि बढेको छ। संयोजक यादवले बोलाएको बैठक स्थगित गर्न अध्यक्ष मण्डललाई कार्यकर्ताले दवाब दिन थालेका छन्।

‘सामुहिक नेतृत्वमा चलेको पार्टीमा संयोजकले आफूखुशी गर्नलाई बैठक बोलाउनु भएको हो,’ महासचिव झाले भने, ‘उहाँले आफ्नो अधिकारीको दुरुपयोग गर्नु भएको छ। यसले पार्टीलाई फाइदा गर्दैन।’ संंयोजक यादवले शुक्रबार र शनिबार बस्ने गरी राजनीतिक समितिको बैठक बोलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *