वैदेशिक रोजगारीका क्रममा ठगिएकाको ५४ लाख फिर्ता

डिसी नेपाल
३१ वैशाख २०८२ १८:४८
360
Shares

दमौली (तनहुँ) । वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको रू ५४ लाख दुई हजार फिर्ता गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा विभिन्न ठाउँका २४ जनाको रकम फिर्ता गरिएको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा एक सय चार वटा उजुरी दर्ता भएका छन्। त्यसमध्ये २४ जनाको उजुरी फछ्र्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला जीतबहादुर भण्डारीले जानकारी दिए। केन्द्रमा दर्ता भएकामध्ये ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ।

केन्द्रले छ, हजार चार सय सात पुरूष र तीन हजार छ सय १९ महिला गरी १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ। भण्डारीका अनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवार र दुर्घटनामा परेकाका लागि रू चार करोड २१ लाख १९ हजार दुई सय ५६ बिमा बापत्को रकम उपलब्ध गराइएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लामा सामी परियोजना सञ्चालित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *