पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

डिसी नेपाल
३१ वैशाख २०८२ १९:२४
1.8k
Shares

पोखरा। धादिङबाट पोखरा जाँदै गरेको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो।

मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *