चिनियाँ नेता सियाओ जी राजधानीमा

डिसी नेपाल
१ जेठ २०८२ ८:४४
132
Shares

काठमाडौँ। चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन्।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *