रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलबाट जावलाखेल लगिने

डिसी नेपाल
१ जेठ २०८२ ११:५५
192
Shares

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ।

लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए। रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात जेठ १८ गते भोटो देखाउने जात्रा हुने उहाले जानकारी दिए।

वर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस बर्षको जात्रा सम्पन्न भएको मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *