तुर्किस्तान पठाईदिन्छु भनी लाखौं ठगी गर्ने हर्क बहादुर तामाङ पक्राउ
काठमाडौं। तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका–३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो।
हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका–६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक १ हजार २ सय डलर तलव र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए।
महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment