कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

डिसी नेपाल
१ जेठ २०८२ १८:१८
128
Shares

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्नेछ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *