सुरेशको ‘के लाई हतार’मा देखिए जुना, सञ्चिता, गोविन्द र सन्देश (भिडिओ)
गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द, मोडलहरु सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय देख्न सकिन्छ।
एचबिएन किस्मतको एरेन्ज, सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment