चीनको हेनानमा आँधीबाट ८ जनाको मृत्यु
हाइकाउ । चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । उक्त आँधीमा परी एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो।
एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो।
प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी परिचालन गरेको छ। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment