सगरमाथा संवाद सुरु
काठमाडौं। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका हुन्।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन्।
समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन्।




No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment