राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक जेठ १३ मा
काठमाडौं। राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ। बैठकमा जिल्ला अध्यक्ष र जनबर्गिय संगठनमा प्रमुखहरुको समेत सहभागीता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालिन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाईएको हो।
नबराज सुबेदिको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा ,राप्रपा नेपाल , नेपाली काङ्ग्रेस (बिपि) ,शिव सेना नेपाल , दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरुको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment