काठमाडौंको रामहिटीबाट रक्तचन्दन तथा यार्सागुम्बा सहित २ जना पक्राउ

डिसी नेपाल
१२ भदौ २०७६ १५:५०

काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दन तथा यार्सागुम्बासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन्।

उनीहरुको साथबाट रक्तचन्दन ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जडीबुडी बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त जडीबुडी सहित बुधबार साँझ पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *