भिमफेदीमा सवारी दुर्घटना: १४ जना घाइते, ३ को अवस्था गम्भीर

डिसी नेपाल
६ जेठ २०८२ १६:५२
952
Shares

मकवानपुर। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ छैसठ्ठी मोडमा सवारी दुर्घटनामा हुँदा १४ जना घाइते भएका छन्।

चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट झण्डै २० मिटर तल खसेको छ।

गाडी सल्लाको रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ।

प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार रहेका थिए। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले ब्रेक फेल भएर गाडी दुर्घटना भएको जनाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *