युवा संघको दशौं महाधिवेशन : नेतृत्वका लागि प्रतिस्पर्धा सुरु
महासचिवमा निरोज पौडेलको सशक्त दावी
काठमाडाैं। एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालमा दशौँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ।
एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ। नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेका छन्। संघको यही ९ गतेदेखि ११ गतेसम्म पोखरामा दशौँ महाधिवेशन गर्दैछ।
यसपटक अध्यक्षमा उपाध्यक्षहरुले दावी गरिरहँदा पार्टीको नेतृत्वले भने वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्याउने गरी छलफल थालेको छ। तीन उपाध्यक्ष र एक महासचिवले अध्यक्षमा आकांक्षा देखाएका छन्। थेवेले पार्टी काम जाने बताइएका छन्।
तर माथिल्लो तहमा पनि अहिले समायोजन गरी हाल्ने अवस्था नभएको र संगठनलाई आगामी निर्वाचनसम्म चलायमान बनाउनु पर्ने भन्दै थेवेलाई दोहोर्याउन लागेको हो । युवा संघका अध्यक्ष क्षितिज थेवेले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए
उनले आफू दोहोरिने नदोहोरिने भन्ने तपसिलको विषय भएको बताउँदै पार्टी संगठनलाई एक ढिक्का बनाउने अभियान लाग्ने पनि बताए। ‘चुस्त दुरुस्त नेतृत्व निर्माण गर्ने विषयमा बृहत्तर कोणबाट छलफल भैरहेको छ, बलियो एमाले संगठित एमाले बनाउने अभियान हो’, अध्यक्ष थेवेले भने।
अहिलेमा उपाध्यक्षहरू मध्येलाई पार्टी नेतृत्वले विश्वास गर्न नसकेको बताइएको छ। थेबे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको नेतृत्वको बुझाइरहेको छ। उनले ओली कप गरेर खेलकुदको माध्यमबाट युवा संघलाई चिनाएको, एआइ सम्मेलन गरेर युवाहरूको माझमा परिचित गराएको भन्दै नेताहरू सकारात्मक बनेका छन्। तर उनी दोहोरिँदा युवा संघमा नेतृत्व जाम हुने विषयलाई भने पार्टी नेतृत्वले प्रस्ट्याउन सकेको छैन।
नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र महाराज गुरुङ, प्रकाश गौतम छन् । युवा संघका पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको बोलबाला चल्ने गरेको छ। उनकै रुचिका व्यक्ति युवा संघको नेतृत्वमा आउने पनि चर्चा थालिएको छ । केसी, गुरुङ तहगत नेतृत्वको पक्षमा रहेका छन्।
उनीहरूको पनि ऊर्जावान् जीवन युवासँग बितेका कारण एक पटक नेतृत्व गर्ने चाहना राखेका छन्। पुरी महासचिव भएका कारण नेतृत्वको दाबेदारमा रहेका छन्। उनले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै आएका छन् । युवा संघका अध्यक्ष थेवे वा पार्टी नेतृत्वको विपक्षमा केसी, गुरुङ, गौतम र पुरी उभिने अवस्थामा छैनन्।
एमाले जनसंगठन प्रमुख भानुभक्त ढकाल युवाले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट नगरे पार्टीले सुझाव दिने गरेका छन् । अन्य जनवर्गीय संगठनमा पनि एमालेले निर्वाचनको विधि र प्रकृया अपनाएको छैन । पेलेर नै आफूले चाहेको नेतृत्व चयन गरेको छ । युवा संघमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा चयन हुने युवा संघका पूर्व अध्यक्षहरू बताउने गरेका छन् । युवा संघको स्थापनाको पहिलो अध्यक्ष नै केपी शर्मा ओली हुन् । उनको चाहना विपरित कोही पनि अध्यक्ष हुने सम्भावना नभएको एमालेका नेताहरूले बताउने गरेका छन् ।
महासचिवमा पनि ४, ५ जना दाबेदार छन् । हाल सचिब साथै कोशीको इन्चार्ज निरोज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईँ, खेम शर्मा,कुबेर अधिकारी लगायत महासचिवका दाबेदार हुन् । एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि ४, ५ जना आंकाक्षी छन् जस्मा पुरुषहरु बाट राकेश राइ,सन्तोष चौलागाइ,धुर्व खड्का बलराम बेलबासे को चर्चा छ।युवा संघमा अहिले १७ जना पदाधिकारी छन् । अब ९ जना मात्रै रहने प्रावधान छ।
महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । सचिव निरोज पौडेलका अनुसार महाधिवेशनमा देशभरबाट १८ सय ३४ जना प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ।







डिसी नेपाल








Facebook Comment