११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं। नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment