आहा! बादलु घुम्टो भित्रको श्रीअन्तु (तस्बिहरू)
इलाम। प्रकृतिको अनुपम बरदान हो इलामको श्रीअन्तु। सूर्यदय नगरपालिकास्थित श्रीअन्तु देशकै एक प्रमुख पर्यटकीय गनतव्य हो। यहाँको पर्यावरणले जोकोहीको मन लोभ्याउँछ। छिनकै घाम, छिनकै पानी यहाँको विशेषता हो।
यतिबेला त झनै देशभर मनसुन सक्रिय छ। यस्तो अवस्थामा श्रीअन्तुलाई पानीका बाछिटाने सिञ्चित नगर्ने कुरै भएन। श्रीअन्तुमा यतिबेला छिनमै हुरी बतास चल्छ, छिनमै घाम लाग्छ। फेरि, छिनमै वर्षा भइहाल्छ।
श्रीअन्तुलाई छोप्न छिनमै कुहिरो गुजुल्टिएर आउँछ। श्रीअन्तुको काखमा धेरै बेर लडिबुडी गर्न नपाउँदै चल्ने हावाको झोक्काले एकैछिनमा हिमाल कटाएर लैजान्छ। आँखाले नभ्याउने चिया बगान, आँखैअघिका हिमश्रृखलाले पर्यटकलाई स्वर्गानुभूति दिन्छन्।
मुद्री सतहबाट करिब २३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ। त्यसैले दिनहुँ हजारौं पर्यटक श्रीअन्तु हेर्न पुग्ने गर्छन्।




No ads found for this position


Facebook Comment