किन भने इमरानले आधा घण्टाका लागि सबै जनतालाई सडकमा आउन?

डिसी नेपाल
१२ भदौ २०७६ २१:५७

इस्लामावाद (एजेन्सी) । भारतले जम्मू कश्मीरको स्वायत्तता खारेज गरेपछि आक्रोशित बनेको पाकिस्तानले विश्वको ध्यान कश्मीरतर्फ आकृष्ट गर्न हरेक प्रयास गरिरहेको छ। उनले सँयुक्त राष्ट्र संघलाई दुई पटक पत्र लेखेर कश्मीरीबारे अवगत गराउँदै भारतीय कदम रोक्न आग्रह गरेको छ।

यहीबीचमा शुक्रबार पाकिस्तानमा ‘कश्मीर आवर’ मनाइने भएको छ। शुक्रबार मध्यान्ह १२ बजे देखि साढे १२ बजेसम्म कश्मीर आवर मनाइने पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्। कश्मीरीबारे पाकिस्तान एकजुट रहेको विश्वभरलाई सन्देश दिन पाकिस्तानमा यस्तो गर्न लागिएको जनाइएको छ।

प्रधानमन्त्री इमरान खानले आम जनतालाई शुक्रबार दिउँसो १२ बजे आधा घण्टाका लागि सडकमा आउन अपील गरेका छन्। उनले ट्वटीरमार्फत यस्तो अपील गर्दै कश्मीरीका पछाडि पाकिस्तान एकजुट भएर उभिएको सन्देश दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री इमरानको यो अपीलको पाकिस्तानी क्रिकेट सेलिब्रेटी र अन्य सेलिब्रेटीहरुले साथ दिएको जनाइएको छ।

क्रिकेटर शाहीद अफ्रिदीले पनि प्रधानमन्त्रीको अपील अनुसार कश्मीरका लागि आधा घण्टा दिन भनेका छन् । पाकिस्तानी फिल्मी स्टार तथा गायकहरुले पनि यस्तै अपील गरेका छन्।

समाचारअनुसार शुक्रबार मध्यान्ह १२ बने साइरन बजाइने छ। यस्तै पाँच मिनेट राष्ट्र गान पनि बजाइने छ। यो जो मानिस जहाँ छ त्यहिँ रोकिने र ट्राफिक पनि ५ मिनेटका लागि रोकिने जनाइएको छ। स्वयम प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्केर प्रदर्शनको नेतृत्व गर्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *