सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना
काडमाडाैं। संघीय निजामती सेवा विधेयकमा उल्लेख केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थीत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन्।
उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह बृद्धि गर्ने समय ७ बर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन्।
त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटनुपर्ने माग रहेको छ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए।
विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरुको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन्।










No ads found for this position



डिसी नेपाल
Facebook Comment