देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं। क्रियाशिल सदस्यता टुंगो लगाउन साेमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवारका लागि पदाधिकारी बैठक बोलाएका हुन्।
सोमबार बिहान ९ः बजे बस्ने गरी बुढानिलकण्ठस्थित देउवानिवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो। पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ।
क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment