सरकारका प्रवक्ता भन्छन्- कर्मचारी पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र?

डिसी नेपाल
११ जेठ २०८२ १६:३२
312
Shares

काठमाडौं । सञ्चार, सूचना एवं प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन्। आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले यस्तो बताएका हुन् ।

‘सुरुमा छानबिन हुन दिनुपर्छ। अध्यागमन (इमिग्रेसन)मा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ। छानबिन हुन दिनुहोस्,’ उनले भने।

गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र?’

उनले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए। ‘हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ,’ उनले भने।

थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन भएकाले मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताए।

इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्नसमेत उनको आग्रह छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *