ट्याक्टरमा च्यापिएर वृद्धको मृत्यु
रौतहट । सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ। बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज. १ त ९५६४ नम्बरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको मृत्यु भएको हो।
आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बिचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार पासवानको घटास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक फरार रहेका छन्। उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए।
मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment