बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ
धनगढी । महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ परेका छन्।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोकबहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment