No ads found for this position
No ads found for this position

पञ्जाबले मुम्बईलाई ७ विकेटले हरायो, शीर्ष २ मा स्थान पक्का

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१३ जेठ २०८२ ७:२७
280
Shares
No ads found for this position

काठमाडौं। पञ्जाब किंग्सले आईपीएल २०२५ को ६९ औं खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। यससँगै टोलीले चालू सिजनको अंक तालिकाको शीर्ष २ मा आफ्नो स्थान सुरक्षित गरेको छ। हाल टोली १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।

पञ्जाबले अब मे २९ मा क्वालिफायर-१ खेल्नेछ। अर्कोतर्फ यो हारपछि मुम्बईले मे ३० मा एलिमिनेटर खेल्नु पर्नेछ।

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो। मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो भने पञ्जाबले १८.३ ओभरमा तीन विकेट गुमाएर १८५ रनको लक्ष्य पूरा गरेको हो।

कप्तान श्रेयस अय्यरले ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए। उनी १६ बलमा २६ रन बनाएर अविजित रहेका थिए भने  जोस इन्ग्लिस (७३ रन) र प्रियांश आर्य (६२ रन) ले अर्धशतक बनाए। दुवैले शतकीय साझेदारी गरेका हुन्। मिचेल सान्टनरले दुई विकेट लिदाँ जसप्रित बुमराहले एक विकेट लिए।

मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको इनिङ खेले भने उनले ६ चौका र २ छक्का प्रहार गरे। साथै, बाँकी ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्। पञ्जाबका अर्शदीप सिंह, मार्को यान्सन र विजयकुमार वैशाखले २–२ विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *