सरकारले हामीहरूको आन्दोलनलाई भड्काउन खोजिरहेको छ : अध्यक्ष लिङ्देन

डिसी नेपाल
१३ जेठ २०८२ १६:५७
80
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन्।

जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंग छलफल गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले रत्नपार्कमा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्रीले त्यहि नजिकै जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिनुले आफूहरूको कार्यक्रमलाई भड्काउन खोजिएको बताएका हुन्।

उनले सरकारको तर्फबाट मुडभेड निम्ताउने क्रियाकलाप भएको आरोप लगाए। अध्यक्ष लिङ्देनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दा बढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनको भनाइ छ। उनले राजनीतिक स्वार्थका लागि नभइ नेपालजस्तो देशका लागि भोटको राजनीति भन्दा माथि रहने अभिभावकीय संस्थाका रुपमा राजा रहनुपर्नेमा जोड दिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *