No ads found for this position
No ads found for this position

थाइल्यान्ड जाने नेपाली महिला टोलीको बिदाई

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१३ जेठ २०८२ २०:०९
512
Shares
No ads found for this position

काठमाडौं। थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरिएको छ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राइ लगायतले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाई गरेका हुन्। एफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल लागेको हो।

बिदाई कार्यक्रममा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल नेपालका लागि कमिकमजोरी सुधार गर्ने अवसर भएको बताइन्। उनले थाइल्यान्ड नेपालभन्दा बलियो टीम भएकाले उच्च मनोवलका साथ मैदान उत्रने उल्लेख गरिन्। मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको उनले बताइन् ।

त्यस्तै महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एफसी महिला एसियन कपको तयारीका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण भएको बताए। बलियो टीमसँग खेल्दा आफ्ना कमिकमजोरी पत्ता लगाउन सहज हुने र आगामी दिनमा त्यसलाई सुधार गर्न सहज हुने उनको भनाइ छ।

नेपालले बैंककमा यहि जेठ १६ र १९ गते थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *