युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित
काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरा सभागृहमा मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।
थेबेले १ सय ८८ मत बढी ल्याउँदै विजयी भएका हुन्। उनले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन्। मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए।
यस्तै महासचिवमा महासचिवमा महेश चौलागाईं विजयी भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment