वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको छ: ऊर्जामन्त्री खड्का
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताएका छन्।
मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुगेका मन्त्री खड्काले वडा तहसम्म मौसम पूर्वानुमान सूचनालाई सम्प्रेषण गर्नेगरी विभागले काम गरिरहेको बताएका हुन्।
‘गत वर्षभन्दा यसवर्ष धेरै वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, मौसम पूर्वानुमान प्रणालीलाई वडा तहसम्म पुर्याउन सकिए विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो। यसका लागि मन्त्रालय र विभागले काम गरिरेहको छ’, मन्त्री खड्काले भने।
विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने बताए। उनले कृषकका लागि साप्ताहिक रूपमा कृषि मौसम पूर्वानुमान प्रणालीबारे जानकारी दिँदै आइएको बताए। उनले यस वर्ष एक हजार ५०० मिलिमिटरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको उल्लेख गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment