पूर्वराष्ट्रपति भण्डारीद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली

डिसी नेपाल
१४ जेठ २०८२ ७:०८
120
Shares

काठमाडौं। चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

चीनको औपचारिक भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले तियानमेन स्क्वायर पुगेर माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ उनलाई स्वागत गरेकी थिइन्। समारोहमा चिनियाँ उच्च अधिकारीहरू सहित नेपाली प्रतिनिधी मण्डलको उपस्थिति रहेको थियो।

नेपाली प्रतिनिधि मण्डलले १० लाख मानिसको सहभागितामा १४ बर्षको समय लगाएर बनेको फरविडन सिटीको अवलोकन पनि गरेको टोलीमा सहभागी नेपाल टेलिभिजनका क्यामरापर्सन टेकबहादूर खड्काले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.