No ads found for this position
No ads found for this position

आईपीएलको क्लोजिङ सेरोमोनीमा ‘अपरेशन सिन्दुरको जश्न’ मनाइने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१४ जेठ २०८२ ७:४६
288
Shares
No ads found for this position

नयाँदिल्ली। भारतले पाकिस्तान बिरूद्ध मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो।

जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश ए मोहम्मद, लश्कर ए तैयबा र हिजबुल मुजाहिद्दीन जस्ता संगठनहरूसँग सम्बद्ध आतंककारीहरूमाथि यो हमला गरिएको थियो।

अपरेशन सिन्दूर यसकारण सुरु गरिएको थियो कि अप्रिल २०२५ मा पहलगाममा आतंकवादी हमलामा २५ निर्दोष मानिसहरूको ज्यान गएको थियो, जसको प्रतिक्रियामा भारतले यो कारबाही गरेको हो।

अब  सोही ‘अपरेशन सिन्दूर’ को सफलता आईपीएलमा पनि मनाइने भएको छ। बिसिसिआइले एउटा विशेष योजना बनाएको छ, जुन आईपीएल २०२५ को समापन समारोहमा देखिनेछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को समापन समारोहमा भारतीय सशस्त्र बल (आईएएफ) लाई विशेष श्रद्धाञ्जली अर्पण गर्ने योजना बनाएको छ। यो समारोह आईपीएलको फाइनल खेल सुरु हुनु अघि जुन ३ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

स्पोर्ट स्टारका अनुसार बीसीसीआई सेक्रेटरी देवजित सैकियाले भनेका छन कि भारतीय क्रिकेटको प्रशासकीय निकायले यसका लागि रक्षा प्रमुखका साथै सेना, नौसेना र वायुसेनाका प्रमुखहरूलाई निम्तो दिएको छ।

पहलगामी घटना  पछि गरिएको ‘अप्रेसन सिन्दुर’का कारण आईपीएल २०२५ एक साताका लागि स्थगित भएको थियो, त्यसपछि म्याच पुन गत मे १७ बाटसुरु भएको थियो। लिगको फाइनल यसअघि मे २५ मा कोलकातामा खेलिने भनिएको थियो।

तर, भारत र पाकिस्तानबीचको तनावका कारण यस प्रतियोगिताको फाइनल अब ३ जुनमा हुनेछ। प्लेअफ खेल २९ मेबाट सुरु हुनेछ, जसमा मुल्लानपुरमा पहिलो क्वालिफायर र एलिमिनेटर खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *