गृहमन्त्रीले राजीनामा नदिने, संसदमा पेलेरै जाने सत्तापक्षको निर्णय
काठमाडौं । सत्तापक्षले गृहमन्त्रीले राजीनामा नदिने निष्कर्ष निकालेको छ । बालुवाटारमा, प्रधानमन्त्री, कांग्रेस शीर्ष नेतृत्व, गृहमन्त्रीसहितको बैठकमा गृहमन्त्रीले राजीनामा दिने कुरा असम्भव भएको निष्कर्ष निकालेको हो ।
प्रतिनिधि सभामा प्रतिपक्षले अवरोध गरेमा पेलेरै अगाडि बढ्ने समेत सत्तापक्षले निर्णय गरेको छ । हिजो प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकलाई बोल्न नदिएर सदन अवरुद्ध गरेका थिए । आज भने पेलेरै भए पनि गृहमन्त्रीले बोलेरै छाड्ने सत्तापक्षको तयारी छ ।
संविधानअनुसार भोलि बजेट ल्याउनैपर्ने बाध्यता रहेको र आज आर्थिक सर्वेक्षण संसदमा पेश हुनै पर्ने भएकोले सोहीअनुसार अगाडि बढ्ने निर्णय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बाहिर उठेका विषयमा गृहमन्त्रीले सम्बोधन गरेर जवाफ दिने निर्णय भएको पनि बर्तौलाले बताए ।







डिसी नेपाल








Facebook Comment