खेलकुदमा ६ अर्ब ८ करोड बजेट, झापामा आधुनिक रंगशाला निर्माण गरिने
काठमाडौं। सरकारले खेल पूर्वाधारको विकास गर्ने योजना सहित युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने घोषणा गरेको हो। जसअनुसार झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने सरकारले जनाएको छ।
त्यस्तै काठमाडौंको मुलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको छ। कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि४० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
उहाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको बताए।
त्यस्तै सरकारले दशौँ राष्ट्रिय खेलकुदलाई ५४ करोड बजेट विनियोजन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment