सरकारले ल्याएको बजेट यथार्थपरक छः अर्थमन्त्री
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन्।
बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले आफुले ल्याएको बजेट बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चूनौति नहुने बताएका हुन्।
सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले विशेष ध्यान दिएको उनले बताए। मन्त्री पौडेलले निजि क्षेत्रको मनोबल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले अनुकुल रहको दाबी गरे।
उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता रहेको जिकिर गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment