राजावादीको आन्दोलन आज पनि, प्रसाईं समूहको अलग्गै प्रदर्शन हुने
काठमाडौं। राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुँदैछ।
राजावादीहरुले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रित गर्दैछन्। बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको समितिले आन्दोलनलाई निरन्तरता दिने भएको हो।
रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।
यसैबीच दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment