चारवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
१६ जेठ २०८२ ७:५३
72
Shares

काठमाडौं। संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। शुक्रबार पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो।

आज पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ।

यसैगरी विधायन व्यवस्थापन समितिको ७१ औँ बैठक पनि आज सिंहदरवारमा बस्दैछ। बैठक दिनको १ बजे बस्न लागेको हो। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ।

आज सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाहरुमा छलफल गरिनेछ।

गसैगरी आज संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अनुगमन कार्यक्रमका सम्बन्धमा छलफल गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *