No ads found for this position
No ads found for this position

नवौं एनभिए लिग : पुलिसको ह्याट्रिक जित, न्यु डायमण्ड पराजित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ जेठ २०८२ ९:२६
96
Shares
No ads found for this position

पोखरा। महिलातर्फ नवौं पिएम कप एनभीए लिगको उपाधि नेपाल पुलिस क्लबले जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स एकेडेमीलाई ३ — १ को सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक पूरा गर्यो।

दुबै टोली अब नेपालमै आयोजना हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन्। सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको पुलिसले पहिलो सेट २५—२० को स्कोरमा जित्दै बलियो सुरुवात गर्यो तर दोस्रो सेटमा न्यु डायमण्डले पुनरागमन गर्दै २५—२२ को स्कोरमा सेट आफ्नो पक्षमा पार्न सफल भयो।

तेस्रो सेट निकै रोमाञ्चक रह्यो । कडा प्रतिस्पर्धाबीच पुलिसले २८—२६ को नतिजा निकाल्दै फेरि अग्रता लियो। त्यसपछि चौथो सेटमा पुलिसले पूरै नियन्त्रण जमाउँदै २५-१४ को सहज जित निकाल्दै उपाधि सुनिश्चित गर्यो।

लिग चरणमै पनि पुलिसले न्यु डायमण्डलाई ३—० ले हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिस लिगको शीर्ष स्थानमा रहँदा न्यु डायमण्ड दोस्रो स्थानमा थियो। पुरुष र महिलातर्फका विजेता टोली—हेल्प नेपाल र नेपाल पुलिस—ले समान ८ लाख रुपैयाँ प्राप्त गरे।

उपविजेता बनेका गण्डकी प्रदेश (पुरुष) र न्यु डायमण्ड (महिला) ले समान ४ लाख हात र्पायो। तेस्रो स्थानमा रहने पुरुषतर्फको पुलिस र महिलातर्फको एभरेष्ट क्लबले २ लाख रुपैयाँ प्राप्त गरे। नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको यो लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *