No ads found for this position
No ads found for this position

नेपाल एमेच्योर गल्फ मंगलबारदेखि

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१६ जेठ २०८२ १६:४५
28
Shares
No ads found for this position

काठमाडौं। नेपाल गल्फ संघको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ।

यही जेठ २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ५४ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष टासी घलेले जानकारी दिए। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भूटान र भारतका खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ व्यक्तिगत र टिम प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ। प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

वर्ल्ड एमेच्योर गल्फ र्‍याङिकद्वारा मान्यता प्राप्त उक्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घलेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *